आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु

आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु : Icon Khabar

काठमाडौं, मंसिर २१ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिद विक्रीबारे छानबिन गर्न समिति गठन गरेको छ । बैठकले यी लगायतका अन्य निर्णय गरेका छन् ।

२०८० साल मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१. दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।

सदस्यः श्री फणीन्द्र गौतम, सचिव– नेपाल सरकार

सदस्यः श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थ मन्त्रालय

सदस्यः श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सदस्यः श्री सुजनकुमार काफ्ले, अध्यक्ष– आइक्यान

२. खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभूषण शर्मालाई नियुक्त गर्ने ।

३. विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

Published Date: 07 December 2023
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो