बिहीबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्यो

बिहीबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर २१ । सुनको भाउ बिहीबार सामान्य बढेको छ ।

बिहीबार सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २६.३९ डलर र चाँदी प्रतिऔंस २३.८४ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 07 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने