बिहीबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्यो

बिहीबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर २१ । सुनको भाउ बिहीबार सामान्य बढेको छ ।

बिहीबार सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २६.३९ डलर र चाँदी प्रतिऔंस २३.८४ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 07 December 2023


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क