ठगीमा संलग्न भएको भन्दै भारतका १०० भन्दा बढी वेबसाइटहरु बन्द

ठगीमा संलग्न भएको भन्दै भारतका १०० भन्दा बढी वेबसाइटहरु बन्द : Icon Khabar

नयाँदिल्ली, मंसिर २१ । संगठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइटहरु पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले जनाएको छ ।

दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रुपमा सम्बोधन गर्न मन्त्रालयको पहल ‘इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टर’ अन्तर्गत यो कदम चालिएको हो ।गृह मन्त्रालय मातहतको राष्ट्रिय साइबर अपराध चुनौती मुल्यांकन एकाईको सिफारिसमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ती वेबसाइटहरु बन्द गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कार्य–आधारित संगठित अवैध लगानी–सम्बन्धित आर्थिक अपराधहरुलाई यी वेबसाइटहरुले सहयोग पुर्याउने गरेका, विदेशी अभिनेताहरुले सञ्चालन गरेको र उनीहरुले डिजिटल विज्ञापन, च्याट मेसेन्जर र भाडाका खाताहरु प्रयोग गरिरहेका थिए ।

“कार्ड नेटवर्क, क्रिप्टोकरेन्सी, विदेशी एटीएम निकासी र अन्तर्राष्ट्रिय फिनटेक कम्पनीहरुको प्रयोग गरेर ठूलो मात्रामा आर्थिक ठगीबाट प्राप्त रकम भारतबाट बाहिर निकालिएको पनि थाहा भयो ।” इन्टरनेटमार्फत प्रायोजित यस्ता उच्च कमिसन तिर्ने अनलाइन योजनामा लगानी गर्नुअघि सावधानी अपनाउन पनि मन्त्रालयले सचेत गराएको छ । – सिन्ह्वा

Published Date: 07 December 2023
ताजा
अमेरिकाको इरानमाथि पुनः भीषण हवाई आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउण्डको भाउ कति?
पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज बिहीबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी