क्यानको २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक हुन्छ: पारस खड्का

क्यानको २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक हुन्छ: पारस खड्का : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् ।

यू–१९ एसिया कप खेल्न जाने युवा टिमलाई बिदाइ गर्ने क्रममा उनले भने, ‘हामी २/३ हप्तामा २०२४ को घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डर सार्वजनिक गर्नेछौं ।’

क्यालेन्डरमा आगामी जनवरीदेखि डिसेम्बरसम्म उमेर समूह, महिला तथा पुरुष क्रिकेटमा वर्षभरि हुने खेल प्रतियोगिताहरु समावेश हुनेछ ।

सन् २०२४ मा नेपालको सिनियर पुरुष टिमले टी–२० विश्वकप खेल्दैछ भने यू–१९ टिमले पनि विश्वकप खेल्दैछ । सन् २०२४ को जनवरी १३ देखि फ्रेब्रुअरी ४ सम्म यू–१९ विश्वकप हुनेछ । त्यसपछि जुन महिनामा सिनियर क्रिकेट टिमले टी–२० विश्वकप खेल्छ ।

महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेशस्तरका छनोट खेल भइरहेका छन् । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता १ पुसदेखि काठमाडौंमा हुनेछ ।

सचिव खड्काका अनुसार नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्रिकेट विकासको योजनासहितको आफ्नो प्रस्तुति युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुसमक्ष राख्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न