क्यानको २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक हुन्छ: पारस खड्का

क्यानको २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक हुन्छ: पारस खड्का : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् ।

यू–१९ एसिया कप खेल्न जाने युवा टिमलाई बिदाइ गर्ने क्रममा उनले भने, ‘हामी २/३ हप्तामा २०२४ को घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डर सार्वजनिक गर्नेछौं ।’

क्यालेन्डरमा आगामी जनवरीदेखि डिसेम्बरसम्म उमेर समूह, महिला तथा पुरुष क्रिकेटमा वर्षभरि हुने खेल प्रतियोगिताहरु समावेश हुनेछ ।

सन् २०२४ मा नेपालको सिनियर पुरुष टिमले टी–२० विश्वकप खेल्दैछ भने यू–१९ टिमले पनि विश्वकप खेल्दैछ । सन् २०२४ को जनवरी १३ देखि फ्रेब्रुअरी ४ सम्म यू–१९ विश्वकप हुनेछ । त्यसपछि जुन महिनामा सिनियर क्रिकेट टिमले टी–२० विश्वकप खेल्छ ।

महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेशस्तरका छनोट खेल भइरहेका छन् । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता १ पुसदेखि काठमाडौंमा हुनेछ ।

सचिव खड्काका अनुसार नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्रिकेट विकासको योजनासहितको आफ्नो प्रस्तुति युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुसमक्ष राख्ने तयारी छ ।

Published Date: 06 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु