जाडो याममा आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्दा अपनाउनुस सावधानीहरु

जाडो याममा आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्दा अपनाउनुस सावधानीहरु : Icon Khabar

काठमाडौँ, मंसिर २० । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा हामीले सावधानी अपनाउनु पर्छ।

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ।

– कोइला जन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन।

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ।

– हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्नुपर्छ।

– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउनु पर्छ।

– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुपर्छ।

– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने गर्नु हुँदैन।

Published Date: 06 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग