आयल निगमले इन्धनको मूल्य घटाएन

आयल निगमले इन्धनको मूल्य घटाएन : Icon Khabar

काठमाडौं, माघ ४ । सोमबार भारतीय आयल कर्पोरेसनबाट नेपाल आयल निगमलाई पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर नयाँ मूल्यसूची प्राप्त भएपनि निगमले इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । भारत ले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।

नेपाल आयल निगमको मंगलबार साँझ बसेको बैठकले निगम सञ्चित नोक्सानी र ऋणमा रहेकाले इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको हो । हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर रहेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो