आयल निगमले इन्धनको मूल्य घटाएन

आयल निगमले इन्धनको मूल्य घटाएन : Icon Khabar

काठमाडौं, माघ ४ । सोमबार भारतीय आयल कर्पोरेसनबाट नेपाल आयल निगमलाई पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर नयाँ मूल्यसूची प्राप्त भएपनि निगमले इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । भारत ले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।

नेपाल आयल निगमको मंगलबार साँझ बसेको बैठकले निगम सञ्चित नोक्सानी र ऋणमा रहेकाले इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको हो । हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर रहेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ छ ।

Published Date: 18 January 2023
ताजा
लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्दै एम्बाप्पेको इतिहास, पुरुष विश्वकपकै सर्वाधिक गोलकर्ता बने
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
देशभर मनसुनी प्रभाव सक्रिय : कोशी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय