सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा १ जनाको मृत्यु

सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा १ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, मंसिर १९ । चिसोबाट जोगिन आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्।

प्रहरीका अनुसार काठले बारेको जस्तापाताको छाना भएको १ तले घरभित्र आगो ताप्दा आगलागी भएको थियो। घरभित्र आगो लागेपछि खाना पकाउने ग्यासको सिलिण्डर समेत पड्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराई जानकारी दिए।

सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको डीएसपी भट्टराईले जानकारी दिए।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाइएको छ।

Published Date: 05 December 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता