भक्तपुरमा शिक्षक व्याडमिन्टन प्रतियोगिता सम्पन्न

भक्तपुरमा शिक्षक व्याडमिन्टन प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर १८ । आधारभूत विद्यालय समिति भक्तपुरको कार्यतालिका अनुसार नवीन आधारभूत विद्यालयको संयोजनमा सोमबार शिक्षक व्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगिताको उद्घाटन सभामा समितिका अध्यक्ष दीपक माकले शिक्षकलाई सक्रिय बनाइ विद्यार्थीलाई पनि क्रियाशील बनाउन समितिले शिक्षकहरु बीच विविध गतिविधिहरु संचालन गर्दै आएको बताए।

संयोजन विद्यालयका प्रधानाध्यापक प्रकाश गोसाईले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरु माझ अतिरिक्त क्रियाकलाप गर्न शिक्षकहरुले तदारुकता देखाउन जोड दिए।

निर्णायक राधेश्याम मचामसीले खेलको नियम बारे बताउँदै खेलमा हार जीत भन्दा निरन्तरको अभ्यास आवश्यक रहेको बताए। समितिस्तरीय संचालन भएको पुरुष शिक्षक व्याडमिन्टन प्रतियोगितामा सिद्धि शारदा आविका कृष्ण प्रसाद सुवाल प्रथम, गणेश माविका उकेश सुवाल द्धितीय, भीम आदर्श आविका दीपक माक र ज्ञानविजय आविका राजेश भ्वयद्यो संयुक्त रुपमा तृतीय भएका थिए ।

सोही प्रतियोगितामा महिला शिक्षक तर्फ नवीन आविका कृतिका श्रेष्ठ प्रथम, गणेश माविका असलमाया तुईतुई द्धितीय, जनसेवा आविका शर्मिला सुवाल र बरदायणी आविका सपना श्रेष्ठ संयुक्त रुपमा तृतीय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 December 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)