भक्तपुर, मंसिर १८ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको नविन शृंखला आगामी शुक्रबार हुने भएको छ।
यहि मंसिर २२ गते शुक्रबारको दिन भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा दिउँसो ३ बजे शुरु हुने बताइएको छ। सो कार्यक्रमामा यो पटक मदन पुरस्कार २०७९ प्राप्त कृति ‘ऐँठन’ का लेखक विवेक ओझासँग अन्तरसंवाद हुने बताइएको छ।
ओझाको उपन्यास ‘ऐँठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ।
यस उपन्यास ‘ऐँठन’ बारे लेखक ओझाले आफ्नो विचार राख्ने कार्यक्रम रहेको बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।
Published Date: 04 December 2023