आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १६ । आज २०८० मंसिर १६ गते शनिबार, तद्अनुसार २ डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष पञ्चमी, तिष्य- नक्षत्र, ब्रह्म- योग, तैतिल- करण, चन्द्रराशि- कर्कट, सूर्योदय बिहान- ६ः३९, सूर्यास्त साँझ- १७ः०६ बजे ।

आजको राशिफल

मेष: सुखका साधन जुट्ने छन् । धर्म–कर्ममा रुचि रहने छ । लाभमा वृद्धि हुनेछ ।

वृष: क्रोधमा नियन्त्रण राख्नु होला । आवेशमा आएर कुनै काम नगर्नु होला । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ ।

मिथुन: विवादबाट क्लेश हुनेछ । जीवनसाथीको सहयोग पाइने छ । सही समयमा लिइएको फैसलाले लाभ दिनसक्छ ।

कर्कट: शत्रु सक्रिय रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । सम्पत्तिको कार्य लाभप्रद रहने छ ।

सिंह: यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्ग सफल हुनेछन् । धनार्जन हुनेछ ।

कन्या: शत्रुले हानि पुर्याउन सक्ने छन् । व्यस्तता बढ्ने छ । अरुको काममा व्यर्थमा कमि–कमजोरी ननिकाल्नु होला ।

तुला: प्रयास सफल रहने छ । कामको प्रशंसा हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक: शुभ समाचार पाइने छ । मान बढ्ने छ । धनार्जन हुनेछ ।

धनु: कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: कुनै समस्या आउन सक्छ, जोमिख नउठाउनु होला । पुरानो समस्याबाट राहत मिल्ने छ । क्रोध तथा उत्तेजनामा संयमता अपनाउनु पर्नेछ ।

कुम्भ: यात्रा लाभदायक रहने छ । धनार्जन हुनेछ । साथीहरुको सहयोग पाइने छ ।

मीन: क्रोधमा नियन्त्रण राख्नु होला । प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा विश्वास बढ्ने छ ।

Published Date: 02 December 2023
Website | + posts




















ताजा
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने
तिहारको अवसरमा ‘पाँच पाण्डव’ आजदेखि देशभर प्रदर्शनमा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक