त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट दिने

नेपाल एयरलाइन्सबाट खोसियो ग्राउन्ड ह्यान्डलिङ सेवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट दिने : Icon Khabar

काठमाडौँ, मंसिर १५ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध) सेवा प्रतिस्पर्धाबाट दिने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार अब ग्राउन्ड ह्यान्डलिङका लागि बोलपत्रको माध्यमबाट कम्पनी छनौट गरिनेछ। यसअघि नेपाल वायुसेवा निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा प्राप्त गर्दै आएको थियो।

प्राधिकरणले निगमका अध्यक्ष युवराज अधिकारीलाई शुक्रबार नै स्पष्टीकरण पनि सोधेको छ। प्राधिकरणले विभिन्न समयमा एयरलाइन्समा गरेको अडिट, दिएका निर्देशन कार्यान्वयन नभएकाले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो।

‘हवाइ सुरक्षा प्रणालीमा ध्यान नदिने र दिएका निर्देशनहरू पनि कार्यान्वयन नगर्ने एकाउन्टेवल म्यानेजरलाई किन नहटाउने?’ प्राधिकरणले सोधेको स्पष्टीकरणमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts