सफलता प्राप्त गर्न चाहनुहुन्छ ? त्याग्नुहोस् यी बानीहरु

सफलता प्राप्त गर्न चाहनुहुन्छ ? त्याग्नुहोस् यी बानीहरु : Icon Khabar

काठमाडौँ, मंसिर १५ । सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्‍याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं। मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्।

प्रशंसाबाट जोगिऔँ
प्रशंसा असाध्यै महत्वपूर्ण कुरा हो। प्रशंसाले ऊर्जा प्रदान गर्छ। तर, उच्च सफलताका लागि प्रशंसा बाधक पनि बन्न सक्छ। किनकि जब आफ्नो कामको प्रशंसा मात्रै भइरहन्छ भने गल्ती महसुस कहिले गर्ने ? प्रशंसा त्यस्तो मान्छेल गरिरहेका हुन्छन्, कि त ती केही फुत्काउन खोज्दैछन् वा उनीहरु गल्ती औंल्याइदिएर झन् बढी सफलता हासिल नगरोस् भन्ने चाहन्छन्।

तपाईँको शुभचिन्तकले सदा गल्तीबाट तपाईँको प्रशंसा सुरु गर्छ। प्रशंसा गर्ने मान्छे हेरेर मात्रै आफूलाई त्यसका लागि लायक ठह¥याउनुपर्छ। प्रशंसाबाट ऊर्जा लिने गर्नुपर्छ तर आफैले भने आफ्नो निन्दा गर्नुपर्छ। आफू गजब छु भनेर पुलकित हुँदा सफलताको बाटो तय गर्न सकिदैन।

जरुरी बुझ्न जरुरी
हामीले जीवनमा ठूलो गल्ती यहीँनिर गर्छाैं। आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ। दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी र कुन जरुरी होइन भन्ने कुरा नोट गर्न छाड्छ। जस्तो आफूलाई कुनै काम गर्न मन लागेको छ भने साथीभाईले भोलि गर्दा हुन्छ भन्लान्। हामी मानिदिन्छौं। बिस्तारै यो बानी लाग्छ । यही बानी सफलताको बाधक हुन्छ। दिमाग अरुको अनुसार घुमाउने होइन, सञ्चालन गर्नुपर्छ।

दुःख लाग्यो, रुनुहोस्
रुनुलाई कमजोरीका रुपमा लिइन्छ। भनिन्छ, कमलो मन छ। मनलाई कमलो नै रहन दिनुपर्छ। जब मन कठोर बनाउन थालिन्छ, त्यसपछि मन संवेदनशिल हुनै छाडिदिन्छ। दुःख लाग्छ, धरधरी रोए हुन्छ। खुशी लाग्छ, मन खोलेर हाँसिदिए हुन्छ। यीनै साना साना कुरामा सफलता अडिएको हुन्छ। तर, आफना् दुःख अरु समक्ष पोखेर रुने गर्नुहुँदैन। आफूलाई परेको दुःख बाँड्न जरुरी छ। तर, त्यसलाई फेस गर्ने हिम्मत पनि रहेको जानकारी अरुलाई दिनुपर्छ। त्यसो भयो भने मात्रै दुृःखमा साथ दिन्छन् र सफलता हासिल हुन्छ।

नदबाउँ आफ्ना इच्छा
आफ्नो इच्छा मारेर अरुलाई खुशी राख्न खोज्ने परोपकारी हो। तर, सफलताका लागि सुरुमा स्वयंको उपकार जरुरी छ। त्यसैले आफ्ना इच्छा नमारीकन अरुको समेत उपकार गर्ने बानीको विकास गर्नुपर्छ। धेरैले यहीँनेर गल्ती गरिरहेका हुन्छन्, आफ्नो इच्छा मारेर अरुलाई खुशी पार्ने। यसले एक लेभलको सन्तुष्टि त दिन्छ तर अरुकै सन्तुष्टिमा खुशी हुने बानी पर्न थाल्यो भने आफू सन्तुष्ट हुने उपाय खोज्न सकिदैन। यसले सफलतामा भाँजो हाल्छ।

असफलतालाई पचाउ
सफलता सधैँ हात लाग्दैन। असफलता त पाइलैपिच्छे भेटिन्छ। असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने? त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ।

Published Date: 01 December 2023


ताजा
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी
एक महिने ब्युटी पार्लर तालिम सम्पन्न, सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय
अमेरिकाद्वारा इरानका सैन्य ठेगानामाथि पुन: बमबारी






ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न