रोनाल्डोमाथि एक बिलियन डलर क्षतिपूर्ति मुद्दा दायर

रोनाल्डोमाथि एक बिलियन डलर क्षतिपूर्ति मुद्दा दायर : Icon Khabar

काठमाडौँ, मंसिर १५ । पोर्चुगिज सुपरस्टार क्रिस्चियानो रोनाल्डोमाथि क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले जारी गरेको क्रिप्टो टोकनको प्रचार गरेको घटनामा कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ।

रोनाल्डोमाथि घाटाको व्यापारमा लगानी गर्न प्रेरित गरेको आरोप लगाइएको छ। उनीमाथि फ्लोरिडाको अदालतमा सोमबार मुद्दा दायर गरिएको हो।

रोनाल्डोजस्ता उच्च प्रोफाइल खेलाडीले क्रिप्टोको प्रचार गर्दा असुरक्षित लगानीमा प्रेरित गरेको मुद्दामा दाबी गरिएको छ। उनीमाथि कम्तिमा १ बिलियन डलर क्षतिपूर्तिको माग गरिएको छ।

बाइनान्स विश्वको प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज मध्ये एक हो। बाइनान्सको नन-फन्जिबल टोकन (एनटिएफ) लाई प्रचार गर्न रोनाल्डोले सम्झौता गरेका थिए। त्यतिबेला बाइनान्सले रोनाल्डोको लोकप्रियता र पहुँचको फाइदा उठाएर नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखेको बताइएको छ।

गत २०२२ नोभेम्बरमा रोनाल्डोले कम्पनीसँग टोकन प्रचार गर्न सम्झौता गरेका थिए। त्यतिबेला टोकनको जसबैभन्दा सस्तो मूल्य ७७ डलर थियो। एक वर्ष पछि यसको मूल्य १ डलरमा झरेको छ। त्यतिबेला एनटिएफले सिआर-७ टोकनको घोषणा गरेको थियो।

क्रिप्टोको डिजिटल टोकन अनलाइन किन्न र व्यापार गर्न सकिन्छ। रोनाल्डोलाई भेट्ने अवसर जस्ता पुरस्कार घोषणा गर्दै सिआर-७ टोकनको व्यापारमा आकर्षित गरिएको थियो।

गत साता नै बाइनान्सका प्रमुख कार्यकारी चाङपेङ झाओले मनी लान्ड्रिङ उल्लङ्घनमा दोषी ठहरिएपछि कम्पनीबाट राजीनामा दिएका थिए।

Published Date: 01 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु