आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइयो

आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइयो : Icon Khabar

काठमाडौं, मंसिर १५ । उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गोकुलबहादुर रोकायाले धितोपत्र बोर्डमा सूचीकृत भएर आइपिओ जारी गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै रिट दर्ता गराएका थिए।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरी छलफलमा बोलाएको हो । इजलासले मङ्सिर २५ गतेका लागि पेशी तोकेको छ ।

साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेशमा भनिएको छ ।

Published Date: 01 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु