आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइयो

आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइयो : Icon Khabar

काठमाडौं, मंसिर १५ । उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गोकुलबहादुर रोकायाले धितोपत्र बोर्डमा सूचीकृत भएर आइपिओ जारी गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै रिट दर्ता गराएका थिए।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरी छलफलमा बोलाएको हो । इजलासले मङ्सिर २५ गतेका लागि पेशी तोकेको छ ।

साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts