राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय

राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय : Icon Khabar

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि शुक्रबार आयोगले यही मंसिर अन्तिम साता दल दर्ता गर्ने तालिका रहेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

प्रवक्ता पौडेलले आगामी पुस १ गते दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिए । यसैगरी, पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने २० गतेदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts