राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय

राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय : Icon Khabar

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि शुक्रबार आयोगले यही मंसिर अन्तिम साता दल दर्ता गर्ने तालिका रहेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

प्रवक्ता पौडेलले आगामी पुस १ गते दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिए । यसैगरी, पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने २० गतेदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

Published Date: 01 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु