रोट्राक्ट डिस्ट्रिक्ट ३२९२ द्वारा आयोजित रक्तदानमा देशका ३८ स्थानहरूबाट १३८५ पिन्ट रगत संकलन

रोट्राक्ट डिस्ट्रिक्ट ३२९२ द्वारा आयोजित रक्तदानमा देशका ३८ स्थानहरूबाट १३८५ पिन्ट रगत संकलन : Icon Khabar

काठमाडौँ, मंसिर १३ । रोट्राक्ट डिस्ट्रिक्ट ३२९२ ले गत मंसिर ९ र १० गते आयोजना गरेको १० औं सचिन मेमोरियल रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

एउटै ब्यानरमुनि भएको सो दुई दिने रक्तदान कार्यक्रममा देशभरीका ३८ स्थानहरूबाट १३८५ पिन्ट रगत संकलन गरेको हो। यस कार्यक्रममा प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी र सम्पुर्ण सहयोगीरूलाई हार्दिक आभार ब्यक्त गरेको छ।

Published Date: 29 November 2023