भक्तपुरको याछेँ टोलमा आयोजित इहिँ (बेल विवाह) कार्यक्रमका झलकहरु (फोटो फिचर)

भक्तपुरको याछेँ टोलमा आयोजित इहिँ (बेल विवाह) कार्यक्रमका झलकहरु (फोटो फिचर) : Icon Khabar
तस्बिर: राजाराम नापित

भक्तपुर, मंसिर १२ । भक्तपुर नगरपालिका वडा नं ६ स्थित याछें टोलमा आज इहिँ जगे अर्थात बेल विवाह सुरु भएको छ। स्थानीय याछें टोल समाज सेवा समितिको आयोजनामा सो इहिं कार्यक्रम आजबाट सुरू भएको हो।

याछें टोल समाज सेवा समितिले विगत विसं २०६० सालदेखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ। इहिँ जगेमा नौ जना नकिं रहेका छन्। मु:नकिंका रूपमा रुशिका भोमी रहेकी छिन्। आज जम्मा ७१ जना बालिकाको उपस्थिति रहेको छ।

बेल विवाहलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ । नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरि व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत् रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।

श्रीमानको मृत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यता अनुसार बेग्लै प्रकारले बिताउनुपर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रभावित भएको मानिन्छ । तर, हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवनपर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा ।

आफ्नो समाजमा बाल विवाहलाई भित्रिन नदिन अपनाइएको एक संस्कारको फलस्वरुप यो मान्यताको विकास भएको हो । यो संस्कार ‘इही’ (बेल विवाह) हो ।

Published Date: 28 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास