भक्तपुरको याछेँ टोलमा आयोजित इहिँ (बेल विवाह) कार्यक्रमका झलकहरु (फोटो फिचर)

भक्तपुरको याछेँ टोलमा आयोजित इहिँ (बेल विवाह) कार्यक्रमका झलकहरु (फोटो फिचर) : Icon Khabar
तस्बिर: राजाराम नापित

भक्तपुर, मंसिर १२ । भक्तपुर नगरपालिका वडा नं ६ स्थित याछें टोलमा आज इहिँ जगे अर्थात बेल विवाह सुरु भएको छ। स्थानीय याछें टोल समाज सेवा समितिको आयोजनामा सो इहिं कार्यक्रम आजबाट सुरू भएको हो।

याछें टोल समाज सेवा समितिले विगत विसं २०६० सालदेखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ। इहिँ जगेमा नौ जना नकिं रहेका छन्। मु:नकिंका रूपमा रुशिका भोमी रहेकी छिन्। आज जम्मा ७१ जना बालिकाको उपस्थिति रहेको छ।

बेल विवाहलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ । नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरि व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत् रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।

श्रीमानको मृत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यता अनुसार बेग्लै प्रकारले बिताउनुपर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रभावित भएको मानिन्छ । तर, हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवनपर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा ।

आफ्नो समाजमा बाल विवाहलाई भित्रिन नदिन अपनाइएको एक संस्कारको फलस्वरुप यो मान्यताको विकास भएको हो । यो संस्कार ‘इही’ (बेल विवाह) हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)