पुरातत्व विभागका टोलीद्वारा भक्तपुरको थन्थु दरबार पुनःनिर्माणस्थलमा निरीक्षण

पुरातत्व विभागका टोलीद्वारा भक्तपुरको थन्थु दरबार पुनःनिर्माणस्थलमा निरीक्षण : Icon Khabar

भक्तपुर, मंसिर १२ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्ड, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य तथा दुर्हाम विश्वविद्यालयका प्रो. रोबिन कनिङघम. स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीसहितको टोलीले मंगलबार भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनःनिर्माण क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीसहितको उपस्थितिमा भएको उक्त निरीक्षणका क्रममा नगर प्रमुुख प्रजापतिले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर नपाको पुरानो भवनको रुपमा रहेको थन्थु दरबार पुनःनिर्माण कार्य बहुवर्षीय योजनाको रुपमा अगाडि बढाइएको र सो दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने योजनाअनुसार नगरपालिका अगाडि बढेको बताए ।

भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी पुरातत्व विभाग समेतबाट नक्सा स्वीकृत गराइ पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको हो । पुरानो भवन भत्काइसकेको र पुरातत्व विभागसँग समन्वयमा उक्त दरबार पुनःनिर्माण कार्य नगरपालिकाले गर्दैछ ।

Published Date: 28 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास