प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका १५ जना समर्थक पक्राउ

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका १५ जना समर्थक पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर १२ । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् ।

उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने