सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा

सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा : Icon Khabar

काठमाडौं, मंसिर १२ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार (मंसिर ११ गते) छापावाल सुन तोलाको १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । मंगलबार उक्त रेकर्ड पनि ब्रेक भएको हो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts