केपी ओली कप टी–२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग नेपाल पुलिस क्लब पराजित

केपी ओली कप टी–२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग नेपाल पुलिस क्लब पराजित : Icon Khabar

पोखरा, मंसिर १२ । पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।

समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो ।

पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए । यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए ।

जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

सुदूरलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले । ३४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए ।

नरेन साउदले ३९ तथा राजु रिजालले १९ रन बनाए । पुलिले सुदूरलाई १६ रन अतिरिक्त दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने