सरकारद्वारा निर्माण व्यवसायीलाई तीन अर्ब बराबरको रकम भुक्तानी

सरकारद्वारा निर्माण व्यवसायीलाई तीन अर्ब बराबरको रकम भुक्तानी : Icon Khabar

काठमाडौं, मंसिर १० । सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।

निर्माण व्यवसायीले रकम भुक्तानी नभएसम्म काम नगर्ने अडानसहित काम रोकेर आन्दोलनमा भित्रिएपछि सरकारले बाँकी रकम भुक्तानी गर्ने जनाएको थियो। सोही बमोजिम सरकारले रकमान्तर गरेर भुक्तानी प्रक्रियालाई निरन्तरता दिँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts