अहिलेसम्म १० वाणिज्य बैंकहरुद्वारा सेयरधनीलाई दिने लाभांश घोषणा

अहिलेसम्म १० वाणिज्य बैंकहरुद्वारा सेयरधनीलाई दिने लाभांश घोषणा : Icon Khabar

काठमाडौं, मंसिर १२ । अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् । त्यस्तै ग्लोबल आईएमई बैंकको मंगलबार बुक क्लोज मिति तय भएको छ । मंगलबारसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् ।

लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् । यी बैंकको सेयर खरिद गर्नेहरु अहिले पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् ।

माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने