न्यूजिल्याण्डको नयाँ सरकारद्वारा सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय

न्यूजिल्याण्डको नयाँ सरकारद्वारा सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय : Icon Khabar

न्यूजिल्याण्ड, मंसिर १२ । न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

२०२२ डिसेम्बरमा, सुर्ती र चुरोट प्रतिबन्धित धुम्रपान मुक्त वातावरण ऐन न्यूजील्याण्ड संसदमा पारित भएको थियो। यसअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले कुनै पनि किसिमका धुम्रपान उत्पादन खरिद गर्न पाउँदैनन् । ‘द गार्डियन’को रिपोर्ट अनुसार अब न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथि प्रतिबन्ध लगाउने यो कानूनलाई खारेज गर्ने जनाएको छ ।

न्यूजिल्याण्डको चिकित्सक संघ र स्वास्थ्य विज्ञहरूले भने सरकारको यो कदमको आलोचना गरेका छन्। ओटागो विश्वविद्यालयका प्रोफेसर रिचर्ड एडवर्ड्सले उनी स्तब्ध र निराश भएकाे र यो देशलाई पछाडि पार्ने कदम भएकाे बताएका छन् ।

न्युजिल्यान्डलाई चुरोट र सुर्तिजन्य पदार्थबाट मुक्त गर्न चाहनाले सरकारले यो कानुन बनाएको हो । न्यूजिल्याण्डकी तत्कालीन स्वास्थ्य मन्त्री आयशा भेरलले यो विधेयक संसदमा पेश गरेकी थिइन् ।

उनले यसलाई ‘धूम्रपानमुक्त भविष्य’ तर्फको कदम बताएकी छिन् । उनले अब हजारौं मानिसले लामो र स्वस्थ जीवन बाँच्ने पनि बताइन् । धुम्रपानका कारण मानिसलाई लाग्ने रोग अब लाग्दैन । यसले न्यूजिल्याण्डको स्वास्थ्य प्रणालीलाई ३.२ अमेरिकी डलर बचत गर्नेछ।

न्युजिल्यान्ड सबैभन्दा कम धुम्रपान गर्ने देशहरूमा पर्छ। सरकारी तथ्यांक अनुसार यस देशमा दैनिक ८ प्रतिशतले मात्र धुम्रपान गर्ने गरेका छन् । गत वर्ष यो संख्या ९.४ प्रतिशत थियो । धुम्रपान मुक्त वातावरण विधेयक पारित भएमा धुम्रपान गर्नेको संख्या ५ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । उक्त राष्ट्रमा हरेक वर्ष सुर्ती किन्नेको संख्या घट्दै गएको छ ।

Published Date: 28 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु