न्यूजिल्याण्डको नयाँ सरकारद्वारा सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय

न्यूजिल्याण्डको नयाँ सरकारद्वारा सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय : Icon Khabar

न्यूजिल्याण्ड, मंसिर १२ । न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

२०२२ डिसेम्बरमा, सुर्ती र चुरोट प्रतिबन्धित धुम्रपान मुक्त वातावरण ऐन न्यूजील्याण्ड संसदमा पारित भएको थियो। यसअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले कुनै पनि किसिमका धुम्रपान उत्पादन खरिद गर्न पाउँदैनन् । ‘द गार्डियन’को रिपोर्ट अनुसार अब न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथि प्रतिबन्ध लगाउने यो कानूनलाई खारेज गर्ने जनाएको छ ।

न्यूजिल्याण्डको चिकित्सक संघ र स्वास्थ्य विज्ञहरूले भने सरकारको यो कदमको आलोचना गरेका छन्। ओटागो विश्वविद्यालयका प्रोफेसर रिचर्ड एडवर्ड्सले उनी स्तब्ध र निराश भएकाे र यो देशलाई पछाडि पार्ने कदम भएकाे बताएका छन् ।

न्युजिल्यान्डलाई चुरोट र सुर्तिजन्य पदार्थबाट मुक्त गर्न चाहनाले सरकारले यो कानुन बनाएको हो । न्यूजिल्याण्डकी तत्कालीन स्वास्थ्य मन्त्री आयशा भेरलले यो विधेयक संसदमा पेश गरेकी थिइन् ।

उनले यसलाई ‘धूम्रपानमुक्त भविष्य’ तर्फको कदम बताएकी छिन् । उनले अब हजारौं मानिसले लामो र स्वस्थ जीवन बाँच्ने पनि बताइन् । धुम्रपानका कारण मानिसलाई लाग्ने रोग अब लाग्दैन । यसले न्यूजिल्याण्डको स्वास्थ्य प्रणालीलाई ३.२ अमेरिकी डलर बचत गर्नेछ।

न्युजिल्यान्ड सबैभन्दा कम धुम्रपान गर्ने देशहरूमा पर्छ। सरकारी तथ्यांक अनुसार यस देशमा दैनिक ८ प्रतिशतले मात्र धुम्रपान गर्ने गरेका छन् । गत वर्ष यो संख्या ९.४ प्रतिशत थियो । धुम्रपान मुक्त वातावरण विधेयक पारित भएमा धुम्रपान गर्नेको संख्या ५ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । उक्त राष्ट्रमा हरेक वर्ष सुर्ती किन्नेको संख्या घट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने