सुनको भाउले नयाँ रेकर्ड राख्यो, सोमबार प्रतितोला ५०० रुपैयाँले बढ्यो

सुनको भाउले नयाँ रेकर्ड राख्यो, सोमबार प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर ११ । सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि कात्तिक ११ गते छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 27 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग