इजरायली सैनिकसँग वेस्ट बैंकमा भएको झडपमा सातजना प्यालेस्टाइनीको मृत्यु

इजरायली सैनिकसँग वेस्ट बैंकमा भएको झडपमा सातजना प्यालेस्टाइनीको मृत्यु : Icon Khabar

काठमाडौं, मंसिर ११ । वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ । केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टाइनीहरूलाई मारेको बताएको छ । यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शङ्कास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो ।

प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तिमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ । – सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने