प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक जारी

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक जारी : Icon Khabar

काठमाडौँ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा अहिले अपराह्न सर्वदलीय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भैरहेको उक्त बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने प्रधामन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई बैठकमा बोलाएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार मात्रै मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ एवम् पदभार ग्रहण लगत्तै सर्वदलीय बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने