प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक जारी

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक जारी : Icon Khabar

काठमाडौँ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा अहिले अपराह्न सर्वदलीय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भैरहेको उक्त बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने प्रधामन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई बैठकमा बोलाएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार मात्रै मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ एवम् पदभार ग्रहण लगत्तै सर्वदलीय बैठक बसेको हो ।

Published Date: 17 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न