दुर्गा प्रसाईंलाई भक्तपुरको घरबाट प्रहरीले बाहिर निस्कन दिएन, निवासमै प्रहरी परिचालन

दुर्गा प्रसाईंलाई भक्तपुरको घरबाट प्रहरीले बाहिर निस्कन दिएन, निवासमै प्रहरी परिचालन : Icon Khabar

भक्तपुर, मंसिर ८ । अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन ।

उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी थियो । काठमाडौं प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । उनका करिब तीन दर्जन समर्थक पक्राउ परेका छन् ।

Published Date: 24 November 2023
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता