शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर ८ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ शुक्रबार भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)