उन्नति सहकार्यको एफपीओ बाँडफाँट

उन्नति सहकार्यको एफपीओ बाँडफाँट : Icon Khabar

काठमाडौँ, मंसिर ८ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त कम्पनीको एफपीओ आगामी मंसिर ८ गते शुक्रवार बिहान ९ बजे बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले गत कात्तिक २१ देखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत छ । उक्त पूँजी संरचनालाई विद्यमान ऐन अनुसार सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts