राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु, १ दर्जन भन्दा बढी घाइते

राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु, १ दर्जन भन्दा बढी घाइते : Icon Khabar

रौतहट, मंसिर ८ । रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।

आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् । स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् ।

अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।

Published Date: 24 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग