राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु, १ दर्जन भन्दा बढी घाइते

राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु, १ दर्जन भन्दा बढी घाइते : Icon Khabar

रौतहट, मंसिर ८ । रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।

आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् । स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् ।

अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो
कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका सबैको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला