सरकारद्वारा सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान

सरकारद्वारा सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान : Icon Khabar

काठमाडौँ, मंसिर ७ । सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।

देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।

विभागका अनुसार व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्नेको सूचीमा विजयबहादुर शाह छन् । उनी यही विधामा सम्मानित समेत भए । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक शाह हिमालयन डिष्टिलरिजका अध्यक्ष समेत हुन् । यसबाहेक उनको लगानीमा एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी लगायतका कम्पनी छन् ।

यस्तै, राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्यूसन, फुड एन्ड बेभरेज लगायतका कम्पनी छन् । राज्यलाई सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएकाले उनलाई सरकारले सम्मान गरेको हो । उनलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मानित गरे । यस्तै, सूर्य नेपालले भने दुई विधामा सम्मान पाएको छ । सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने कम्पनी र सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क तिर्ने कम्पनीका रुपमा सम्मानित भएको हो ।

यस्तै, संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओबीसी फिड एन्ड फिड्स सम्मानित भएको छ ।

बैङ्कतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै,मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् ।

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट् पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भयो । यस्तै, नेपाल स्टक एक्सचेन्जले मध्यम स्तरीय करदातामध्ये सबैभन्दा धेरै कर बुझाएको सम्मान पायो ।

Published Date: 23 November 2023
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक