यस वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक, सम्भव भएसम्म यसै साता सार्वजनिक हुने

यस वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक, सम्भव भएसम्म यसै साता सार्वजनिक हुने : Icon Khabar

काठमाडौं, मंसिर ७ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक रहेको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि आन्तरिक तयारी लगभग अन्तिम चरणमा पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । उनले सम्भव भएसम्म यसै साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी आन्तरिक तयारी गरिएको बताए ।

‘यसै साताभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुन पनि सक्छ’ उनले भने । कुनै कारणबश यो साता नभए अर्को साता सार्वजनिक हुने उनको भनाई छ । पछिल्लो समय अर्थतन्त्रमा मन्दी छाएको छ ।

आर्थिक गतीविधि लगभग ठप्प जस्तै छ । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा सबैको नजर केन्द्रीय बैंकप्रति रहेको छ ।

यसैबीच, मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान बनाउने चुनौती केन्द्रीय बैंकको सामूह रहेको छ । सोहीअनुसार अर्थतन्त्रका सूचकहरु अध्ययन गरेर चलायमान बनाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउँने जानकारी अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठले दिए ।

तथापि, पहिलो त्रैमासिक समीक्षा भएकाले खासै ठूलो नीतिगत परिवर्तन भने नहुने उनको भनाई छ । यता, केन्द्रीय बैंकले केही समय पहिलेमात्रै लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनले दिएको केही सुझाव कार्यान्वयन मौद्रिक नीतिको पहिलो त्रैमासबाट नै गर्ने छनक केन्द्रीय बैंकले दिएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने नियामकीय प्रावधान छ ।

सोहीअनुसार पहिलो त्रैमासिक समीक्षा कात्तिक मसान्तसम्म सार्वजनिक गर्नुपर्ने थियो । तर, उक्त महिना दसैं तथा तिहारको बिदा परेकाले मौद्रिक नीतिको त्रैमासिक समीक्षा पछाडि धकेलिएको केन्द्रीय बैंकले जनाएको छ ।

Published Date: 23 November 2023






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न