आज नेप्से करिब ३३ अंकले बढ्यो 

आज नेप्से करिब ३३ अंकले बढ्यो  : Icon Khabar

काठमाडौँ, माघ ३। नेप्से परिसूचक करिब ३३ अंक ले बढेको छ। गत दुई कारोबार दिनमा गिरावट आएको नेप्सेमा आज भने सुधार भएको हो। आज नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको बजारमा आज २५० स्टकको ६३ हजार ४३० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Published Date: 17 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु