नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष सपथ लिए

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष सपथ लिए : Icon Khabar

काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

नवनियुक्त मन्त्रीहरुमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा उर्जा तथा जलस्राेत मन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा माओवादी नेत्री रेखा शर्मा , नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएका छन्।

यसैगरी, नेकपा (एमाले)बाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन्। पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाएका छन्भ भने राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकी छिन।

 

Published Date: 17 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ