नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री दाहाल: कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जानेछ

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री दाहाल: कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जानेछ : Icon Khabar

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार भित्रको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको २०७२ मा गएको भूकम्पबाट क्षति भएको पश्चिमतर्फको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको नयाँ कार्यालयमा सरेका हुन् ।

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डले ठाउँमात्र सारिएको नभएर कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प त्यसभित्र रहेको महशुस गरेको बताए ।

उनले भने– ‘यो ठाउँमात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प यसभित्र रहेको मैले महशुस गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर रेट्रो फिटिङ गरिएको जानकारी दिए ।

उनले नयाँ कार्यालयमा आउँदा सबैतिर देखिने, ठाउँ पनि ठूलो भएको कारणले अलि बढी दिमाग फुर्छ होला भन्ने महशुस गरेको बताए ।

उनले भने– ‘१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रो फिटिङ पूरा गरेर सरेका छौं । मलाई कता–कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, त्यति फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा सबैतिर देखिने, स्पेस पनि ठूलो, सबै कारणले अलि बढी फुर्छ होला दिमाग भन्ने महशुस गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी