नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री दाहाल: कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जानेछ

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री दाहाल: कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जानेछ : Icon Khabar

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार भित्रको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको २०७२ मा गएको भूकम्पबाट क्षति भएको पश्चिमतर्फको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको नयाँ कार्यालयमा सरेका हुन् ।

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डले ठाउँमात्र सारिएको नभएर कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प त्यसभित्र रहेको महशुस गरेको बताए ।

उनले भने– ‘यो ठाउँमात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प यसभित्र रहेको मैले महशुस गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर रेट्रो फिटिङ गरिएको जानकारी दिए ।

उनले नयाँ कार्यालयमा आउँदा सबैतिर देखिने, ठाउँ पनि ठूलो भएको कारणले अलि बढी दिमाग फुर्छ होला भन्ने महशुस गरेको बताए ।

उनले भने– ‘१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रो फिटिङ पूरा गरेर सरेका छौं । मलाई कता–कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, त्यति फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा सबैतिर देखिने, स्पेस पनि ठूलो, सबै कारणले अलि बढी फुर्छ होला दिमाग भन्ने महशुस गरेको छु ।’

Published Date: 22 November 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी