नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ को आयोजना गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ को आयोजना गर्ने : Icon Khabar

काठमाडौं, मंसिर ६ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ को आयोजना गर्ने भएको छ । महासंघले यहि मंसिर १४ गतेदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला आयोजना गर्ने जनाएको हो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र तथा ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सह– आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो ।

महासंघले विगत केही वर्षदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्दै आएको छ । यस वर्ष उक्त मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र सहभागिता हुने बताउँदै सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने महासंघले जनाएको छ ।

मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल पेभेलियन’ तथा बस्तुगत सङ्घहरूको कमोडिटी पाभिलिअन रहने छ ।

अन्तर्राष्ट्रिय व्यापार मेलामा कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । उक्त स्टलहरू अधिकांश भइसकेको र अब केही मात्र बुकिङका लागि बाँकी रहेको महासंघले जनाएको छ ।

मेलाको मुख्य आकर्षण नेपालमा उत्पादित मा हस्तकला उत्पादनहरु, लघुघरेलु तथा साना उद्योग रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवं विश्वास महासंघले लिएको छ । साथै मन्दीमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत उक्त मेला सहयोगी हुने महासंघको विश्वास छ ।

Published Date: 22 November 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी