नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग नगरौं: नेपाल दूरसञ्चार प्राधिकरण

नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग नगरौं: नेपाल दूरसञ्चार प्राधिकरण : Icon Khabar

काठमाडौँ, मंसिर ६ । इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरिने भए पनि इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अघिल्लो साता सरकारले सामाजिक सञ्जाल प्लाटफर्म टिकटक बन्द गर्ने घोषणा गरेयता भीपीएन प्रयोग गरेर टिकटक चलाउने क्रम बढेपछि नियामक दूरसञ्चार प्राधिकरणले फ्री भीपीएन नचलाउन भन्दै हाल सूचना प्रकाशित गरेको छ ।

‘इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश नि:शुल्क भीपीएनहरूमा डाटाको सुरक्षा तथा गोपनीयतासँग सम्बन्धित कमजोरीहरू रहेको अध्ययनहरूले देखाएका छन्,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘फ्री भीपीएनको प्रयोग गर्दा विभिन्न जोखिमहरू हुने भएकोले फ्री भीपीएन प्रयोग नगरौं/नगराऔं ।’ फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री/वितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।

फ्री भीपीएनका माध्यमबाट प्रयोगकर्ताका कम्प्युटर/मोबाइल डिभाइसमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्‍याउने सम्भावना रहनेबारे प्राधिकरणले सर्तक हुन अनुरोध गरेको छ । त्यति मात्र नभएर, फ्री भीपीएन प्रयोग गर्दा ह्याकिङको निसानमा पर्ने सम्भावना पनि बढी रहने भएकाले प्रयोग नगर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता