नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग नगरौं: नेपाल दूरसञ्चार प्राधिकरण

नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग नगरौं: नेपाल दूरसञ्चार प्राधिकरण : Icon Khabar

काठमाडौँ, मंसिर ६ । इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरिने भए पनि इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अघिल्लो साता सरकारले सामाजिक सञ्जाल प्लाटफर्म टिकटक बन्द गर्ने घोषणा गरेयता भीपीएन प्रयोग गरेर टिकटक चलाउने क्रम बढेपछि नियामक दूरसञ्चार प्राधिकरणले फ्री भीपीएन नचलाउन भन्दै हाल सूचना प्रकाशित गरेको छ ।

‘इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश नि:शुल्क भीपीएनहरूमा डाटाको सुरक्षा तथा गोपनीयतासँग सम्बन्धित कमजोरीहरू रहेको अध्ययनहरूले देखाएका छन्,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘फ्री भीपीएनको प्रयोग गर्दा विभिन्न जोखिमहरू हुने भएकोले फ्री भीपीएन प्रयोग नगरौं/नगराऔं ।’ फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री/वितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।

फ्री भीपीएनका माध्यमबाट प्रयोगकर्ताका कम्प्युटर/मोबाइल डिभाइसमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्‍याउने सम्भावना रहनेबारे प्राधिकरणले सर्तक हुन अनुरोध गरेको छ । त्यति मात्र नभएर, फ्री भीपीएन प्रयोग गर्दा ह्याकिङको निसानमा पर्ने सम्भावना पनि बढी रहने भएकाले प्रयोग नगर्न भनिएको छ ।

Published Date: 22 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु