बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर ६ । सुनको भाउ लगातार ३ दिन बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल ३०० रुपैयाँले बढेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार सुनको मूल्य १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला २०० र ५०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Published Date: 22 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु