राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता, समसामयिक विषयहरूमा छलफल

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता, समसामयिक विषयहरूमा छलफल : Icon Khabar

काठमाडौं, मंसिर ६ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2023
Website | + posts