अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा, भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै

अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा, भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै : Icon Khabar

काठमाडौं, मंसिर ६ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (मंसिर ६ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ६८ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

यसअघि कात्तिक २५ गते डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ६५ पैसा पुगेर रेकर्ड बनाएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुनसक्छ ।

Published Date: 22 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु