जिम्बाबेमा हैजाबाट १२ जनाको मृत्यु, प्रकोप तिब्र रूपमा बढ्दै

जिम्बाबेमा हैजाबाट १२ जनाको मृत्यु, प्रकोप तिब्र रूपमा बढ्दै : Icon Khabar

जिम्बाबे, मंसिर ५ । जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ। हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको छ। सहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ।

यस हप्ता धेरै व्यक्ति हैजाबाट संक्रमित भएको विज्ञहरुको भनाइ छ। सहजै रोकथाम गर्न सकिने रोग भएपनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरुको भनाइ छ।

प्रकोपको केन्द्रबिन्दु कुवाडजानाको उच्च–घनत्व उपनगर रहेको छ। सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिसहरु छन्। हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे सहरले बढ्दो जनसंख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन। जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन्।

हरारेको मुख्य स्रोत लेक चिवेरोबाट सहरले प्राप्त गरिरहेको पानी धेरै दुषित रहेको बताइएको छ। उनले सहरवासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताए। आवश्यक पानी आपूर्तिको लगभग एक तिहाई मात्र स्वच्छ पानी पाउने गरेको उनको भनाइ छ।

जिम्बाब्वेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तिमा १२ जनाको ज्यान गएको बताए। जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ।

हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ। हरारेमा भएका हैजाका बिरामीहरु घटाउने काममा लागिरहेको भए पनि सफल हुन नसकेको स्थानीयहरुको भनाइ छ। हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ।

Published Date: 21 November 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न