ग्यालेक्सी एस२३ एफ इका साथ पुर्याउनुहोस आफूलाई उच्चस्तरमा

ग्यालेक्सी एस२३ एफ इका साथ पुर्याउनुहोस आफूलाई उच्चस्तरमा : Icon Khabar

काठमाडौँ, मंसिर ५ । सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इलाई स्वागत गरेको छ ।

युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ र गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्दछ ।

आजको मितिसम्मको सबैभन्दा भव्य एफ इ संस्करणको रुपमा ग्यालेक्सी एस२३ एफ इमा प्रतिष्ठित र दिगो डिजाइनहरु, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरु समेटिएका छन् ।

नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरुमा उपलब्ध हुने यो ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट गर्न सकिनेछ ।

जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस२३ एफइ यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एप mइले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ ।

उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरु पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

क्यामरा अपग्रेड

ग्यालेक्सी एस२३ एफ इमा प्रो¬¬–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ जुन आज सम्म कै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ ।

ग्यालेक्सी एस२३ एफ इमा नाइटोग्राफि विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरुमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरुले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन् ।

जब सही रुपर्मो कन्टेन्ट सिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस२३ एफ इ त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो । प्रो मोडमा अबरोधक गति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ । ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआइ शक्ति प्रदत्त टुलहरु रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउनेछ ।

गेमिङ्गका पारखीहरुलाई प्रभावित पार्ने सर्वोत्कृट पावरहाउस

ग्यालेक्सी एस२३ एफ इमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ, जुन भव्य अनुभवहरुका लागि एक ठोस मेरुदण्ड हो । गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस२३ एफ इको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ, त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ ।

यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधि जसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ । धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।

मेमोरी विविधता, मोल र उपलब्धता

ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबि ¥याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ । ग्राहकहरुले स्टोरमा आफै उपस्थित भएर यही २० नोभेम्बर, २०२३ देखि अग्रीम अर्डर गर्न सक्नु हुनेछ । यो मोबाइलको मुल्य रु.८५,९९९/- तोकिएको छ ।

आश्चर्यजनक लाभहरु रहेको एस२३ एफ इ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक रु.४,३०/- किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्नु हुनेछ । सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भनें आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरुका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने