मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर ५ । सुनको भाउ आज पनि बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts