भिजन लुम्बिनीको आइपिओ बाँडफाँट

भिजन लुम्बिनीको आइपिओ बाँडफाँट : Icon Khabar

काठमाडौँ, मंसिर ५ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल २ लाख ७ हजार ५२८ जना आवेदकहरूले सेयर पाएका छन्।

जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकोमा ४ हजार ६०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी उक्त आइपिओ निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Published Date: 21 November 2023
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता