रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ

रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर ५ । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ बि्रदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।
चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट एक/एक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने