इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट

इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट : Icon Khabar

काठमाडौं, मंसिर ५ । साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटलीले युरोकपमा स्थान पक्का गरेको हो ।

युक्रेनसँग समान १४ अंक जोडेको इटली समूह सी को समूह उपविजेता बन्दै छनोट हुँदा युक्रेनले अब अब प्लेअफको सहारा लिनुपर्छ।
यसअघि घरेलु मैदानमा भएको खेलमा इटली २-१ ले विजयी भएकोले समान अंक भए पनि इटली हेड टु हेडमा अघि रहेको हो ।

विश्वकप २०१८ र २२ मा छनोट हुन असफल भएको इटलीले २०२१ मा युरोकपको उपाधि जितेको थियो । समूह सी बाट इंग्ल्याण्ड यसअघि नै समूह विजेता बन्दै युरोकपमा छनोट भइसकेको छ । अन्तिम खेलमा इंग्ल्याण्ड नर्थ मेसोडनेसियासँग १-१ को बराबरीमा रोकियो ।

इटलीसँगै चेक रिप्बलिक र स्लोभेनिया पनि युरोकपमा छनोट भएका छन् । चेकले समूह ई मा मोल्दोभोलाई ३-० ले पराजित गर्दै समूह उपविजेता बन्दै छनोट भएको हो । यस्तै समूह एचमा कजाखस्तानलाई २-१ ले पराजित गरेपछि स्लोभेनिया पनि समूह उपविजेता बन्दै छनोट भएको हो ।

Published Date: 21 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु