इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट

इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट : Icon Khabar

काठमाडौं, मंसिर ५ । साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटलीले युरोकपमा स्थान पक्का गरेको हो ।

युक्रेनसँग समान १४ अंक जोडेको इटली समूह सी को समूह उपविजेता बन्दै छनोट हुँदा युक्रेनले अब अब प्लेअफको सहारा लिनुपर्छ।
यसअघि घरेलु मैदानमा भएको खेलमा इटली २-१ ले विजयी भएकोले समान अंक भए पनि इटली हेड टु हेडमा अघि रहेको हो ।

विश्वकप २०१८ र २२ मा छनोट हुन असफल भएको इटलीले २०२१ मा युरोकपको उपाधि जितेको थियो । समूह सी बाट इंग्ल्याण्ड यसअघि नै समूह विजेता बन्दै युरोकपमा छनोट भइसकेको छ । अन्तिम खेलमा इंग्ल्याण्ड नर्थ मेसोडनेसियासँग १-१ को बराबरीमा रोकियो ।

इटलीसँगै चेक रिप्बलिक र स्लोभेनिया पनि युरोकपमा छनोट भएका छन् । चेकले समूह ई मा मोल्दोभोलाई ३-० ले पराजित गर्दै समूह उपविजेता बन्दै छनोट भएको हो । यस्तै समूह एचमा कजाखस्तानलाई २-१ ले पराजित गरेपछि स्लोभेनिया पनि समूह उपविजेता बन्दै छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने