प्रधानमन्त्री दाहालद्वारा अर्थतन्त्र सुधारका लागि आज अपरान्ह ४ बजे बैठक आह्वान

प्रधानमन्त्री दाहालद्वारा अर्थतन्त्र सुधारका लागि आज अपरान्ह ४ बजे बैठक आह्वान : Icon Khabar

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दैछन् । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

१ मंसिरमा तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्नेबेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको तर दबाबमुक्त भने भनइसकेको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने