आज राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

आज राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने : Icon Khabar

काठमाडौं, मंसिर ४ । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

जसमध्ये २० अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्बको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस ३ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो भने ३ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन ८ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी २०८१ जेठ ८ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने