बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न

काठमाडौँको रेञ्ज लाई उछिन्दै उत्कृष्ट वाट्ट आवर निकाल्न सफल

बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न : Icon Khabar

बुटवल, माघ ३। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।

बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भयो । त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराईले तेस्रो स्थान हाँसिल गरे । कार्यक्रममा सहभागी मध्ये २२ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सफल भए।


सो कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विधुतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडि टिभी जितेका थिए।
त्यसै गरी दोश्रो स्थानमा हाँसिल गरेका गोपाल शर्माले सामसुंग ओभेन जितेका थिए।
तेश्रो स्थानमा हासिल गरेका सुवोध भट्टराईले एयर फ्रायर जितेका थिए ।

विधुतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विधुतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख श्री शावन्त जंग सिजापतीले जानकारी दिए।

यही पौष ३० गते शनिबार, सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवा स्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हूदैै बुटवल बजार परिव्रmमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो ।
इभीको उपयोग गरिदिनुहुने ग्राहकवर्गबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उहाँहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारी ज्यूले जानकारी गराउनु भयो ।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।

Published Date: 17 January 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ